साउदीमा बन्दुक आक्रमणमा ज्यान गुमाउने नेपाली सुरक्षा गार्डकाे परिचय खुल्यो

काठमाडाैं | असार १५, २०८०

साउदीमा बन्दुक आक्रमणमा ज्यान गुमाउने नेपाली सुरक्षा गार्डकाे परिचय खुल्यो

साउदी अरबमा बुधबार भएको बन्दुक आक्रमणमा ज्यान गुमाएका नेपाली सुरक्षा गार्डको परिचय खुलेको छ । 

 

ज्यान गुमाउनेमा रुपन्देहीका ५९ वर्षीय नैनसिंह नेपाली रहेको बीबीसीले जनाएको छ । सरकारी विवरणमा भने उहाँको जन्मस्थान बागलुङ उल्लेख छ ।

 

नैनसिंह साउदीको जेद्दामा रहेको अमेरिकी वाणिज्य दूतावासमा सुरक्षा गार्डकोरुपमा कार्यरत हुनुहुन्थ्यो । बुधबार कारमा आएका एक बन्दुकधारी अमेरिकी वाणिज्य दूतावास अगाडि ओर्लिएका थिए । उनलाई सुरक्षाकर्मीले रोक्ने प्रयास गर्दा गोली चलेको थियो । त्यही गोली लागेर नैनसिंह नेपालीको ज्यान गएको हो ।

 

साउदीमा रहेको नेपाली दूतावासका अनुसार नैनसिंहका छोरा पनि अहिले साउदीको रियादमा कार्यरत छन् ।

 

घटनाको बारेमा नैनसिंहको परिवारलाई घरमा जानकारी गराइसकिएको दूतावासले जनाएको छ । 

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्

कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् ।   मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् ।   ...

थप पढ्नुहोस्

कास्की — पोखरा लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी संघ कास्कीको नेतृत्वमा तेस्रो पटक जिवन गुरुङ निर्वाचित भएका छन् ।   पोखरामा आज (आइतबार) भएको चौथो अधिवेशनबाट २ वर्षे कार्यकालका लागि जीवन गुरुङको...

थप पढ्नुहोस्